स्वास्थ्यलाई ध्यानमा राखी जन्मदिनमा स्वास्थ्य सामाग्री बितरण



दाङ । स्वास्थ्य सामाग्री बितरण गरेर काँग्रेसका युवा नेताले आफ्नो जन्मदिन मनाएका छन् ।

आफ्नो जीवनको ३४ वसन्त पार गरि ३५ बर्षमा प्रबेश गरेको सुखद उपलक्ष्यमा काँग्रेसका युवा नेता एगराज वलीले स्वास्थ्य सामाग्री बितरण गर्दै आफ्नो जन्मदिन मनाएका हुन । उनले मास्क, स्यानीटाईजर लगायतका अति आबस्यक स्वास्थ्य सामाग्रीहरु वडा कार्यालयमै पुगेर हस्तान्तरण गरेका छन् ।

तुलसीपुर उप महानगर पालिका वडा नम्बर ८ को वडा कार्यालयमा पुगेर वडाध्यक्ष बेद बहादुर केसी र स्वास्थ्य शाखा प्रबन्धक प्रभात धिताललाई सँयुक्त रुपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

स्वास्थ्य सामाग्री बुझ्दै वडाध्यक्ष केसीले जन्मदिनमा गरिने फजुल खर्चलाई सदुपयोग गर्दै स्वास्थ्य जस्तो सँबेदनशिल क्षेत्रमा लगानी गरेको प्रती खुसी ब्यक्त गरे । अहिलेको अबस्थामा अति आबस्यक स्वास्थ्य सामाग्री बितरण गरेर युवा नेता वलीले उदाहरणिय काम गरेको उनको तर्क छ । वडाध्यक्ष केसीले उपलब्ध स्वास्थ्य सामाग्री एकद्वार प्रणाली मार्फत बितरण गरिने बताउँदै नेता वलीलाई जन्मदिनको शुभकामना ब्यक्त गरे ।

स्वास्थ्य सामाग्री बितरण गर्ने नेता एगराज वली नेपाल तरुणदल क्षेत्र नम्बर २ सल्यानका क्षेत्रिय सभापती हुन । उनी सामाजिक काममा निकै सक्रिय नेताका रुपमा परिचित छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्