कछुवा गतिमा बझाङका ४ पक्की पुल



उत्तमकुमार थापा बझाङ

जिल्लाका ४ वटा पक्की पुलको काम कछुवा गतिमा अगाडि बढेको छ। ठेकेदारको लापरवाहिका कारण पक्की पुलको निमार्ण कार्य अलपत्र परे पछि बझाङका अधिकांस स्थानिय तह काठेपुलकै भरमा छन् ।

ठेक्का लिने र समयमा काम नगरि ढिला सुस्ती गर्ने प्रवृतिका कारण पुल निमार्णको काम समयमै सम्पन्न हुन सकेको छैन । सेती पारीका स्थानिय तह तथा छिमेकी जिल्ला बाजुरा, अछाम र डोटी लाई सडक संजाल संग जोडने पक्की पुल निमार्णको समयावधि सकिदा पनि बन्न सकेका छैनन । पक्की पुल निमार्ण नभए पछि सेती पारीका स्थानिय तह जोडन हिँउदमा सेती नदीमा काठको पुल बनाई यातायात संचालनमा ल्याउने गरेका छन।

खप्तडछान्ना गाँउपालिका लाई यातायात संजाल संग जोडन तमैलमा २४ वटा हुम पाइप राखेर अस्थायी पुल निमार्ण गरि संचालनमा आएको छ । खप्तडछान्ना गाँउपालिका वडा नं ३ दारुगाउँका युवा तथा ठेकेदार सिद्धराज खड्काले मंसिरको पहिलो साता करिब २२ लाखको लगानीमा अस्थायी पुल निमार्ण गरेका हुन् । पुल बने पछि सेतीपारीका खप्तडछान्ना र थलारा गाउँपालिकाका साथै बाजुरा जिल्लाका स्थानीयलाई राहत भएको छ । यस्तै तल्कोट गाँउपालिकाको देवसैनमा पनि अस्थायी काठे पुल निमार्ण गरिएको छ । गाँउपालिकालाई जिल्ला सदरमुकाम संग जोडन स्थानिय तहले अस्थायी काठेपुल निमार्ण गरेको हो ।

ठेक्का लिने तर निमार्ण कार्यमा लापरवाहि गर्ने गरेका कारण बझाङमा निमार्णधिन पक्की पुलको निमार्ण कार्य अलपत्र परेको छ । निमार्ण कम्पनिले ठेक्का लिने तर समयमा निमार्ण नगरी राजनैतिक शक्तिको आडमा म्याद थपाई निमार्ण कार्य अलपत्र पार्ने गरेको स्थानियहरुको भनाई छ । ठेक्का लिने तर काम नगर्ने प्रवृतिले गर्दा विकासका योजना आए पनि आफुहरुले सुविधा पाउन नसकेको खप्तड छान्ना गाँउपालिकाका रमानन्द जोशीको भनाई छ ।

तमैलमा निमार्ण हुन लागेको पक्की पुल, थलारा गाँउपालिकाको झनाना बजार नजिकैको पक्की पुल, तल्कोट गाँउपालिकाको देवसैन पुल र केदारस्युँ गाँउपालिकाको नारुगौडामा बन्न लागेको पुल निर्माणको समय गुज्रिसक्दा पनि बन्न सकेका छैनन् । तमैलमा निर्माणाधिन पुलको पनि गएको पुस महिनामा सम्झौता अवधि सकिएको छ । तीन बर्ष भित्र सम्पन्न गर्ने शर्तमा के एच कन्ट्क्सन प्रालिले ११ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने गरि ठेक्का पाएको थियो । निमार्ण कार्यको समायावधि सकिदा पनि बझाङको सेती नदीमा निमार्णधिन पुलको निमार्ण कार्य सम्पन्न भएको छैन ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्