बझाङ पुर्ण खाेप घाेषणा



उत्तमकुमार थापा बझाङ

सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङलाई पुर्ण खाेप घाेषणा गरिएको छ । आज जिल्लाकाे समन्वय समिति सभाहलमा एक कार्यक्रमका विच स्थानीय स्वामित्व र सहभागीता पुर्ण खाेप सुनिश्चितता हाम्रो प्रतिवद्वता भन्ने मुल नाराका साथ पुर्ण खाप घाेषणा जिल्ला गरिएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे निर्णय अनुसार वडा देखि गाउँपालीका जिल्ला प्रदेश घाेषणा गर्ने परिपत्र सँगै बझाङ जिल्लाका १२ वटा स्थानीय तह घाेषणा गरे सँगै आज  जिल्ला पुर्ण खाेप घाेषणा गरिएको छ । समन्वय समिति सभाहलमा सुरु भएको कार्यक्रममा समन्वय समिती सँयाेजक खडका खड्काकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापा विशिष्ट अतिथि जयपृथ्वी नगरपालिका मेयर बिरेन्द्र बहादुर खड्का बुङ्गल नगरपालिका उपमेयर मिना जाग्री प्रमुख जिल्ला अधिकारी माेहन अधिकारी रहनुभएकाे थियाे ।

पुर्ण खाेप जिल्ला घाेषणा कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सभामुख थापाले भने,हाम्रो जिल्ला एक दमै राम्रो छ । बझाङ जिल्लामा कार्यरत डाक्टर लगाएत सबै स्वास्थ्यकर्मी जनप्रतिनिधि जनसमुदायहरुकाे सहयाेगले यसलाई सफल बनाएकाे भन्दै धन्यवाद दिनुभएको थियाे । भने,अझै अगाडि बढ्न अनुराेध गरिएको छ । भने कार्यक्रममा स्वागत मन्तव्य सहित पुर्ण खाेप सम्वन्धि जानकारी र कार्यपत्र जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जाेशी गर्नुभएको हाे । उनले जिल्लामा रहेकाे सबै समस्या बारेपनि सभामुख थापालाई जानकारी गराएका हुन । त्यसै गरि सुदुरपश्चिम सामाजिक विकास मन्त्रालयबाट जिल्ला पुगेका जनस्वास्थ्य अधिकृत ओम प्रकाश जाेशीले पुर्ृ खाेपबारे जानकारी गराउदै स्वागत मन्तव्य राखेका थिए । जिल्ला भरि ४५ सय बालबालिकाले खाेप लगाउदै पुर्णखाेप जिल्ला घाेषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी नारायण जाेशीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्