गुल्मीमा थप दुई कोरोना संक्रमितको मृत्यु



वैशाख १८, गुल्मी । गुल्मीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलमा बस्दै आएकी इस्मा गाउँपालिका की ७६ वर्षीया महिलाको पनि भैरहवा युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको कार्कीले बताए । यो सहित गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

त्यस्तै  कोभिड–१९ व्यवस्थापन केन्द्र गुल्मीका फोकल पर्सन गोपाल कार्कीका अनुसार रेसुङ्गा नगरपालिका १ तम्घासमा बस्दै आएका ४८ वर्षीय पुरुषको आज बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्