दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु



वैशाख १८, दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ की कोरोना संक्रमित ४६ वर्षीया महिलाको मृत्यु भएको छ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनको शुक्रबार राति करिब २ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए। उनी बैखाश ११ अस्पतालको आइसियुमा भर्ना भएकी थिइन्।

उनलाई निमोनियासँगै कोरोना संक्रमण भएको वलीले बताए। योसँगै अस्पतालमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भइसकेको छ। शुक्रवार अस्पतालमा ४२ जना कोरोना संक्रमित रहेका थिए। तीमध्ये पाँचजना आइसियुमा उपचाररत थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्