काठमाडौँ उपत्यकामा थप २४९५ संक्रमित फेला



वैशाख १८, काठमाडौँ ।  नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकामा रहेका छन् । काठमाडौँ जिल्लामा मात्र १९३२ जना संक्रमित फेला परेका छन् भने ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा झापामा ५२ र सुनसरीमा ६९ जना संक्रमित भेटिएका छन् भने प्रदेश २ मा पर्सामा सर्वाधिक १६३ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको कास्कीमा २१२, लुम्बिनी प्रदेशको बाँकेमा ५५१, रुपन्देहीमा ४२२ र दाङमा २५१ जना संक्रमित फेला परेका छन् । कर्णालीमा सुर्खेतमा ९७ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिममा कैलालीमा १२५ जना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा संक्रमण पुष्टि भएको हो । पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना संक्रमित फेला परेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्