जुम्लाबाट ६ जनाको चिकित्सक टोली, नेपालगञ्जको भेरी अस्पताल जान थाले



वैशाख १९, सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ जनाको चिकित्सक टोली नेपालगञ्जको भेरी अस्पताल जान थालेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा चिकित्सकलाई समेत कोरोना देखिएर अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि चिकित्सकको टोली जान थालेको हो ।

स्वास्थ्य मन्त्रालय र भेरी अञ्चल अस्पतालले प्रतिष्ठानसँग चिकित्सकको सहयोग मागेपछि प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरीको नेतृत्वमा ६ जनाको टोली जहाजमार्फत आज दिउँसो नेपालगञ्ज जान लागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।

डा. गिरीसहित डा. अरुण श्रेष्ठ, डा. हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा भेरी अञ्चल अस्पतालमा जान लागेका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्