आज सुनको मूल्य तोलामा ४ सयले बढ्यो



वैशाख २०, काठमाडौँ । सोमबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ९० हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैँयाले बढेर प्रतितोला १३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्