लकडाउनको पालना गर्न नगर प्रमुख पाण्डेको आग्रह



तुलसीपुर, १६ बैशाख । तुलसीपुर उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालना गरेर घरमै सुरक्षीत बस्न नगरबासीमा हार्दिक अनुरोध गरेको छ ।

नगर प्रमुख घनश्याम पाण्डेले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएकाले यसको रोकथामका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसी एमसी) ले बैशाख १७ देखि २५ गते साँझसम्म गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभएको छ ।

नगर प्रमुख पाण्डेद्धारा जारी विज्ञप्तीमा लकडाउनको समयमा घरमै सुरक्षीत बस्न, घरबाहिर निस्कनु पर्ने भए सम्बन्धित निकायसंग समन्वय गर्न, सामाजिकदुरी कायम गर्न, भिडभाडमा नजान, भोजभतेर, पाटीमा सहभागि नहुन तथा नगर्न र सुरक्षाका सबै विधि अपनाउन नगरबासी सबैमा अनुरोध गरिएको छ ।

मेला महोत्सव, पर्व, जात्रा, विवाह, व्रतबन्ध, पास्नी, न्वारान, धार्मिक अनुष्ठान, मलामी लगाएतका अत्यावश्यक धार्मिक परम्परा तथा साँस्कृतिक कृयाकलाप गर्दा पच्चिसजना भन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुनेगरी संचालन गर्न नगर प्रमुख पाण्डेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्