नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजे बैठक बस्न लागेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेता साहले बताए। प्रधामन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसद बैठक बोलाइएपछि त्यसबारे रणनीति तय गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो।

माओवादी केन्द्रले समर्थन फिर्ता लिने औपचारिकता मात्र बाँकी रहेको बताउने गरेको भएपनि निर्णय नगरेपछि ओलीले विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव डा बाबुराम भट्टराई पक्ष ओली नयाँ सत्ता गठवन्धनको पक्षमा रहेका छन् भने जसपाकै महन्थ ठाकुर समूह ओलीलाई साथ दिने पक्षमा छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्