देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक सुरु



काठमाडौँ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसका पदाधिकारीको बैठक सुरु भएको छ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि सभापति देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको स्रोतले बताएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शंशाङ्क कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्ण बहादूर खड्का, प्रकाशमान सिंह, सुनिल थापा, रमेश लेखक, बालकृष्ण खाँण गोपालमान श्रेष्ठ उपस्थित रहेको स्रोतले जनाएको छ । पदाधिकारी बैठक सोमबार नै बस्नै भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्