राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश २०७८ जारी



वैशाख २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले थप एक अध्यादेश जारी गरेकी छन् । आज उनले नेपालको संविधान बमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् । जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न उक्त अध्यादेश जारी गरिएको हो ।

उक्त रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो । केही दिनअघिको मन्त्रिपरिषद बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्