भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १२ हजार ६१८ संक्रमित भेटिए, ३,९७९ को मृत्यु



काठमाडौं ।  भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी कोरोना संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भारतमा ४ लाख १२ हजार ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ९८० जना संक्रमितको मृत्यु भएको छ ।

त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १२ राज्यमा एक लाख बढी, सात राज्यमा ५० हजार बढी र १७ राज्यमा ५० हजार भन्दा कम कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् ।

त्यस्तै, २४ वटा राज्यहरुमा १५ प्रतिशत भन्दा बढी कोरोनाको पोजेटिभिटी रेट रहेको छ । मन्त्रालयका अनुसार भारतमा हरेक दिन २.४ प्रतिशत संक्रमितहरु बढिरहेका छन् ।

भारतको महाराष्ट्रमा ५७ हजार भन्दा बढी नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा महाराष्ट्रमा ९२० संक्रमितको मृत्यु भएको छ ।

जसमध्ये पनि सबै भन्दा बढी मुम्बईमा कोरोना संफमित फेला परेका छन् । मुम्बईमा मात्रै ७७ संक्रमितको मृत्यु भएको छ । त्यस्तै, महाराष्ट्रको नागपुरमा पनि पछिल्लो २४ घण्टामा थप ८७ जना संक्रमितको मृत्यु भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्