किन बोलाए ओलीले स्थायी समितिको आकस्मिक बैठक



वैशाख २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समितिको आकस्मिक बैठक बोलाएका छन् ।

उनका अनुसार आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, आगामी वैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा सुरु हुन लागेको नेता सुवास नेम्वाङले जानकारी दिए ।

बैठकमा बुधबार काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ताबारे पनि प्रधामन्त्री समेत रहेका ओलीले व्रिफिङ गर्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्