राष्ट्रियसभा उपचुनावमा विपक्षीको गठबन्धन : डा. देवकोटा साझा उम्मेदवार



२२ वैशाख, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग हात्तीवनमा छुट्टाछुट्टै सम्वाद गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्