फलामे टर्नेलका काक्रा



उत्तमकुमार थापा बझाङ

जिल्लाकाे थलारा गाउँपालीका वडा नम्बर ६ का युवा कृषिमा लगनशील भएका छन ।

गाउँपालीकाकाे पिखेत भन्ने गाउँमा अचम्मका काक्रा फलेको पाईन्छ । सदरमुकाम चैनपुर बाट करिब एक डेढ घण्टाकाे गाडी यात्रा हुदै झनाना पुगिन्छ । त्याहा सानाे बस्ती जुन बजार देख्न पाईन्छ । झनाना बजार हुँदै सुन्दर बस्ती पिखेत साैन्दर्यताले भरिपुर्ण रमाइला रमाइला घरहरु देख्न पाईन्छ ।

यात्रा बाट झरिसकेपछि करिव १० मिनेटकाे पैदल यात्रा हुँदै गाउँमा पुगिन्छ । गाउँमा पुग्दा निकै रमाइलो महसुल हुन्छ जहाँ युवा कृषक कृष्ण बहादुर राेकायाकाे घर पुगिन्छ । अाफैलाई नियाल्दा कता कता बारिमै हराएको महसुस हुन्छ । काक्रा जस्तै कृषकको लगनशीलता देख्न पाईन्छ ।

एक दिनको कुरा हाे । हामी त्याे गाउँमा पुयाै जहाँ गाउँपालीका अध्यक्ष भुवनेश्वर जाेशी काक्रा बारिमा रमाउदै टाउको हल्लाउँदै मख्ख हुनुहुन्थ्यो । हेर्दा टर्नेलै टर्नेलल भरिपुर्ण गाउँ सुन्दर बस्ति नै मानिन्छ । गाउँपालीकाकाे सेतिपारी रहेको बस्ती पहिलाे खुटकिलामा रहेको छ । कृषक राेकायाले अध्यक्ष लाई हासि हासी बर्णन गर्नु हुन्थ्यो । थलारा गाउँपालीकाकाे वडा नम्बर ६ पिखेतमा जिल्ला कृषि ज्ञानकेन्द्र बझाङकाे सहयाेगमा प्रदेश सरकारले लगानि गरेको पाईन्छ । गाउँमा ज्ञान केन्द्रले १५ वटा फलामे टर्नेल दिनु भएको छ । अहिले सबै टर्नेल भित्र टामेटर सुर्सानी,र काक्रा अथाह देख्न पाईन्छ ।

पछिल्लो समयमा गाउँघरमा अाधारीत युवा कृषिलाई व्यावसायिक बन्दै अाएकाे देख्न पाईन्छ । करिब २७ वर्षका युवा कृष्ण बहादुर राेकाया कृषिलाई निरन्तरता दिदै अाईरहेकाे र गाउँका अन्य व्याक्तिले पनि चासाे देखाएकाे उहाँ बताउँछन् । फलामे टर्नेलमा फलेको काक्रा अाज भाेली पत्यक दिन एक कुण्डलका हिसावले बजारमा जाने गरेकाे र पत्यक सिजनमा फरकफरक तरकारी फलाउने गरेकाे कृषक राेकायाले बताए । उनले भने अहिले गाउँमा १५ वटा फलामे टर्नेल दिएकाे छ । एक टर्नेल बाट तल्लो ३० हजार देखि ४० हजार अाम्दानि हुने गरेकाेमा बार्षिक रुपमा करिव १५ टर्नेल बाट १५/२० लाख अाम्दानि हुनेगरेकाे उहाकाे भनाइ छ । त्यसको केही समय अगाडि कृषि ज्ञानकेन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्ट बारीमा गए,राम्रो काम देखाएको भन्दै सबै कृषकलाई धन्यवाद दिदै अागामी दिनमा काम गर्नेलाई लगानि गर्ने बाचा दिएकाे स्राेतकाे भनाइ थियाे । गाउँमा जय मष्टा तरकारी तथा फलफुल कृषक समुले तरकारी खेतिबाट पछिल्लो समय यसरी कृषिमा व्यावसायिक हुन थालेपछि निकै अाम्दानी हुन थालेको स्थानीयकाे भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्