कोरोना प्रभावित नेपाललाई सहयोग गर्न अमेरिकालाई एनआरएनको पत्र



न्यूयोर्क । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड-१९ को कहरले प्रभावित नेपाललाई सहयोग गर्न अनुरोध गरेका छन् । नेपालमा आवश्यक कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा आवश्यक अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन अनुरोध गरिएको छ । यसैबीच गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले गैरआवासीय नेपाली सङ्घ, अन्तररष्ट्रिय समन्वय परिषद्सँगको सहकार्यमा आइसीसीमार्फत २५ हजार अमेरिकी डलर सहयोग गरेको छ ।

एनआरएनए अमेरिकाका तर्फबाट अध्यक्ष सुनिल साह, एएनएका तर्फबाट अध्यक्ष विजयराज भट्टराई, अमेरिका नेपाल मेडिकल फाउन्डेशनका तर्फबाट अध्यक्ष डा. भूपेश खड्का, एनडब्लु जी एनका तर्फवाट अध्यक्ष एर्टोनी अभिमा उप्रेती, नेपाल राइजिङका तर्फबाट अध्यक्ष डा. आरती मलेखुले हस्ताक्षर गरी संयुक्त अनुरोध पत्र पठाएका हुन् । संस्थाहरुका साथै यस अभियानमा नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलीसीले पनि साथ दिँदै पत्रमा हस्ताक्षर गरेका छन् ।

एनआरएनए अमेरिकासहित एसोसीएशन अफ नेपलीज इन द अमेरिका , नेपाली वेमन ग्लोबल नेटवर्क ,अमेरिका नेपाल मेडिकल फाउन्डेशन र नेपाल राइजिङले संस्थागत रुपमा अमेरिकी राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई खुल्ला पत्रसहित अमेरिकी विदेश मन्त्रालय, अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समिति र दक्षिण एशिया हेर्ने सिनेटको उपसमितिलाई सहयोगका लागि अनुरोध पत्र पठाएको हो ।

सङ्घका अध्यक्ष साहको अध्यक्षतामा बसेको कार्यसमितिको बुधबारको बैठकले २५ हजार डलर तत्काल सहयोग गर्ने तथा अवस्था हेरेर उक्त सहयोग रकमलाई ५० हजार डलरसम्म बढाउन सकिने निर्णय गरेको छ । सङ्घका महासचिव पशुपति पाण्डेका अनुसार सङ्घले गो फन्ड मी मा अकाउन्ट बनाएरसमेत आर्थिक सहयोग सङ्कलनलाई अघि बढाएको छ । यसैबीच सो आर्थिक सहयोग सङ्कलन अभियानमा सङ्घका उपाध्यक्ष बुद्धिसागर सुवेदीसहितका अभियानकर्मीले १० हजार डलर सहयोग गरेका छन् । अमेरिकामा अहिले विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोग सङ्कलन शुरु गरेका छन् ।

एनआरएनए ग्लोबल गायन प्रतियोगिताका लागि डिजिटल अडिशनमार्फत अर्को चरणका लागि अन्तिम साठी प्रतियोगी छनोट गरिएको छ । डिजिटल अडिशनमार्फत २५० प्रतियोगी सहभागीमध्ये उत्कृष्ट प्रस्तुतिका आधारमा ६० प्रतियोगिको छनोट गरिएको हो । छनोट भएका प्रतियोगीमा दीपेश सिग्देल, खेमबहादुर बिके, निपोन लामा, सौरभ पाख्रिन तामाङ, शिवबहादुर घाताङस्वाङ, वामदेव भट्ट, भीमराज गुरुङ, अङ्किता घतानी, दीप्ति थापा, सोनाम महर्जन, कपिल पैजा पुन मगर, इभा नेपाल, जिके पूर्ण लिम्बू, कल्पना श्रीपाल, प्रजिता बाँस्तोला, राजीव थापा, मिग्मा तामाङ, निसान ढकाल, आकाश न्यौपाने र हिमन राई रहेका छन् ।

यस्तै गोविन्द गुरुङ, कविता आरबिएम, निमा दोर्जे तामाङ, रुपक दाहाल, नवराज श्रेष्ठ, सुन्दर लिम्बू, अमित बिष्ट, कृष्ण खवास, सन्देश गुरुङ, इन्दिरा शाह, समीर भट्टराई, बिबी मल्ल ठकुरी, योसिका कुँवर, आयुसा मैनाली/समृद्धि श्रेष्ठ, हर्ष भण्डारी, श्रेयस श्रेष्ठ, दीपा भट्टराई, शर्मिला दर्जी, देवकी न्यौपाने खत्री र विशाल श्रेष्ठ रहेका छन् ।

यसैगरी पारस आचार्य, प्रतीक शिवा, राधिकाकुमार गोले, आयुषा डोटेल, किशोर लम्साल, अविषेक लकान्द्री, वसन्त बिष्ट, सुमन चेम्जुङ (घनश्याम गुरुङ), नरेन्द्र मल्ल, शहर विश्व, रेसु स्याङ्दान, रुद्र सुनदास, सुरज घर्ती, शतिश थापा, पवन पौडेल, अविषेक भण्डारी, तीर्थराज निरौला, सुरज बिके, लक्ष्मण दर्जी र निशान्तकुमार विश्वकर्मा रहेका छन् ।

सङ्घको मध्य पूर्व क्षेत्रीय युवा विभागले आयोजना गरेको प्रतियोगिताका विजेताले सात लाख, फस्ट रनरअपले चार लाख, सेकेन्ड रनर अपले दुई लाख, थर्ड रनर अपले एक लाख र सान्त्वनाले ५० हजार रुयैयाँ नगद प्राप्त गर्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्