देश भर ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु



वैशाख २४, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप ५० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा झापामा २१६ तथा मोरङमा २७३ जना संक्रमित थपिएका छन् । प्रदेश २ मा पर्सामा १३० तथा धनुषामा १०६ जना संक्रमित भेटिएका छन् । यसमध्ये ७२ हजार ६७९ होम आइसोलेसनमा, ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा, ७२८ जना आईसीयूमा तथा २३१ जना भेन्टिलेटरमा रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्