संक्रमित सांसदलाई बैठकमा छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक



सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

दिउँसो १ बजे संसद भवनामा बैठक बोलाइएको सभामुखको सचिवालयले बताएको छ ।

सोमबार बस्ने संसद बैठकबारे त्यसमा छलफल हुनेछ । संक्रमित सांसदहरूलाई कसरी सहभागी बनाउने भन्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।

कोरोनाबाट २५ जना सांसद संक्रमित छन् । सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । त्यसमा संक्रमित सांसदहरूको सहभागिताबारे बैठकमा छलफल हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्