एकजना पुरुषले पत्नीको हत्या गरेर प्रहरी चौकीमा आत्मसमर्पण



काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–११ मा डेरा गरेर बस्ने एकजना पुरुषले पत्नीको हत्या गरेर आत्मसमर्पण गरेका छन् ।

लालबन्दी नगरपालिकाको नवलपुर घर भएका ३५ वर्षीय विजयलाल कर्णले ३२ वर्षीय पत्नी उशादेवी कर्णको हत्या गरेका हुन् ।

हत्यापछि उनले गएराती इलाका प्रहरी कार्यालय हरिवनमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवरले बताए ।

सामान्य विवाद हुँदा विजयलालले पत्नीलाई सिलौटाले हिकाएर हत्या गरेका हुन् । घटनाबारे इलाका प्रहरी कार्यालय हरिवनले अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्