बैशाख २८ गते मंगलवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्



मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धन सँग जोडिएको केही समस्या आउन सक्छ तर परिवारका मान्य जनको सहयोगमा समाधान होला । अरूलाई स्वाभिमानमा ठेस लाग्ने कार्य गर्नबाट बच्नु होला । दाम्पत्य जीवनमा खुसी छाउने छ । स्वास्थ्य स्थिति राम्रो रहने छ शरीरमा स्फूर्ति बढ्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  व्यापार व्यवसायमा प्रगति होला । नयाँ मित्र बनाउन सकिने छ । जीवन साथीको भरपुर सहयोगले रोकिएको काम सम्पन्न होला । मनले चिताएको कार्य गर्न पाउँदा चित्त प्रसन्न हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रभावशाली व्यक्तिको सहयोग पाइएला । आत्मा विश्वासका साथ गरेको काममा अरूको साथ बिना पनि सफल भइएला । बिना सङ्कोच आफ्नो बिचार  व्यक्त गर्दा प्रतिष्ठा बढ्ला । परिवार सुख भरपुर पाइएला ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन  आराम गर्न उपयुक्त होला । थोरै मनोरञ्जनले लगातारको थकानमा कमी ल्याउला । धेरै लाभदायक दिन नभएकाले अनावश्यक  खर्च गर्न जोगिनु पर्ला । आज शुभ समाचार सुन्न पाइएला । जीवन साथीको भरपुर साथ पाइने समय छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निराशावादी बिचारबाट जोगिनु पर्ला । आजको दिन धन लाभ हुने सम्भावना भएकाले आय आर्जनको कार्यमा फुरा ध्यान लगाउनु पर्ला । पराक्रम बढ्ने छ । परिवारमा खुसी छाउला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अरूलाई सहयोग गर्न पाउँदा मनमा आनन्द छाउला । आज नयाँ साथ पाउने सम्भावना छ । साथी भाइ सँग रमाइलोमा समय बित्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज केही रचनात्मक कार्यको लागी तयार रहनु होला । रोकिएको धन प्राप्त गर्न प्रयास गर्दा राम्रो होला । पारिवारिक समस्याले पूर्व निर्धारित कार्यमा केही बाधा आउँला । आर्थिक क्षेत्रमा सुधार हुनेछ ।

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आकर्षक बन्न मन लाग्ला । ठुला बडाको उपदेश सुन्न पर्ला । नयाँ कार्य गर्न समय शुभ छ तर मनमा चिन्ताले सताउला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज दिन राम्रो सँग बित्ला । मनको कुरा सबै  सँग भन्ने सबै बानी ले केही समस्या न आउँला भन्न सकिन्न । परिवारमा खुलेर कुरा गर्दा राम्रो होला । आज अलिअलि चिन्ता र दुबिधाले सताउला  ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आजको दिन आराम सँग बित्नेछ । सहकर्मीहरू बाट तारिफ पाइएला । सन्तानबाट धन लाभ हुन सक्नेछ । अरूलाई प्रभाव पार्न सकिने छ । समग्रमा दिन उत्तम छ .

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आर्थिक समस्याले सताउन सक्नेछ तर शाहकर्मी वा आफू समानका बाट भन्दा मान्यजन हरूबाट समस्या समाधान होला । साथीलाई विश्वास गरेर सबै समस्या नसुनाउँदा राम्रो होला । घरपरिवारमा सौहार्दता छाउने छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आफूले मन पराएको काम गरेर सन्तोष प्राप्त होला । जग्गा जमिन जोड्ने सम्भावना छ । साझेदारीको काममा सोचेर मात्र हात हाल्दा राम्रो होला । परिवारमा महत्त्व बढ्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्