सैघाली खबर,
कुकुरले मान्छेलाई टोकेको भए त खासै समाचार नबन्न सक्थ्यो । तर अमेरिकामा एकजना मान्छेले कुकुरलाई टोकेपछि अन्तर्राष्ट्रिय खबर बनेको छ ।
अमेरिकाको न्यू ह्याम्पसायरस्थित बोस्कावेन कस्वेमा यो घटना भएको हो । पुलिसले उक्त क्षेत्रमा फायरिंग भएको सूचना पायो । घटनास्थलमा पुगेको पुलिसले फायरिंग गर्ने मानिसको खोजतलास सुरु गर्यो । सोही क्रममा पुलिसको कुकुरले कपडाको डंगूरमा लुकेको एकजना मानिसलाई पत्ता लगायो ।
जब पुलिसको त्यो कुकुर भुक्दै लुकेको संदिग्ध मानिसमाथि झम्टियो तब उक्त मानिसले प्रत्याक्रमण स्वरुप कुकुरलाई समाएर थिच्दै कुकुरको टाउकोमा टोकिदियो ।onlinekhabar
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।