हाईब्रेड भन्दै ‘गोरखनाथ ५०९’ धमाधम बिक्री, किसान अन्यौलता 



टेकबहादुर पुन

दाङ । लमहीमा हाइब्रेड धानको बीउ भन्दै एक एग्रोभेटले अर्को अवैध धानको बीउ बिक्री गरी किसानलाई झुकाएको रहस्य बाहिर आएको छ ।

लमही बजार स्थित दर्शन एग्रोभेटले हाईब्रेड धानको बिउको नाममा अन्य धान बिक्री गरिरहेको रहस्य बाहिर आएको हो ।

लमही नगरपालिका वडा नम्बर ६ निवासी दूधराज चौधरी वैशाख १५ गते हाईब्रेड धानको बीउ खरिद गर्न दर्शन एग्रोभेटमा पुगे । उनले हाईब्रेड धानको बीउ खरिद गर्न चाहेको बताए । तर एग्रोभेटका सञ्चालकले गोरखनाथ ५०९ धान लाई हाइब्रेड धान भन्दै बिक्री गरी पठाए । आफूले खरिद गरेको धानको बिल माग गर्दा पसल सञ्चालकले ‘गोरखनाथ’ लेख्न नमिल्ने भन्दै ‘धान हाईब्रेड’ मात्र लेखेर बिल काटेको चौधरीले गुनासो गरे ।

त्यस्तै लमही नगरपालिका वडा नम्बर ४ भैसकेको  निवासी विष्णु चौधरीले मसिनो चामल हुने धानको बीउ खरिद गर्दा उनलाई पनि गोरखनाथ नै बिक्री गरेको गुनासो गरे । उनलाई भने पसल सञ्चालकले बिल नै नदिएको चौधरी बताउँछन् ।

एग्रोभेटका सञ्चालक शिवराज न्यौपानेले गोरखनाथ ५०९ धान नै बिक्री वितरण गरिरहेको स्विकार्दै बजारमा माग भए अनुसार अन्य एग्रोभेटले पनि बिक्री वितरण गरिरहेको आरोप लगाए ।

नेपाल सरकार बीउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्रले गोरखनाथ ५०९ धानको बिउलाई  हाइब्रेड धान नभएको पुष्टि गरेको छ । गोरखनाथलाई हाईब्रेडको सूचीकृत लिस्ट बाट हटाइ नेपालमा बिक्री वितरणमा रोक समेत लगाएको छ ।

कृषि ज्ञानेन्द्र घोराहीले पनि गोरखनाथ ५०९ धानको बीउ हाइब्रेड नभएको भेटिए पछि राजपत्र बाट हटाइसकेको बतायो । यस्ता अवैध कामलाई नियन्त्रण गर्न स्थानीय कृषि शाखा र जिल्ला प्रशासन कार्यालयले भूमिका निर्वाह गर्नुपर्ने ज्ञान केन्द्रका प्रमुख बुद्धि घिमिरेले बताए ।

 

 

मानो रोपेर मुरी फलाउने तयारीमा रहेका देउखुरीका कृषक धानको अवैध बीउबाट पीडित छन् ।

धानको ब्याड राख्ने चटारोमा रहेका देउखुरीका कृषक हाइब्रेड भन्दै नक्कली धानको बीउ बजारमा बिक्री हुन थालेपछि अन्योलमा परेका हुन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्