मुसा र सर्पको झगडाले एक सय गाउँको बिजुली अवरुद्ध !



एजेन्सी। भारतको रहिमा बादमा सर्प र मुसाको लडाइँका कारण एक सय गाउँको विद्युत् सेवा अवरुद्ध भएको छ। भारतको रहिमा बाद उपकेन्द्रको फिड रमा मङ्गलवार राति एउटा सर्प र मुसा घुसेका थिए।

त्यसपछि उनीहरूको त्यहाँ लडाइँ सुरु भयो।  यसले गर्दा त्यहाँका ग्रामीण क्षेत्रमा २० घण्टासम्म विद्युत् अवरुद्ध भयो।खासमा त्यहाँ त्यति बेला कर्मचारी पनि थिए।

तर, जब मुसा र सर्प लड्न थाले, उनीहरू सबै डराएर भाग्न थाले। हुन पनि त्यहाँबाट एकदम ठुलो आवाज आएको भारतीय मिडिया हिन्दुस्तान टाइम्समा त्यहाँका कर्मचारीले बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्