जहाँ घरजग्गा किन्दा पैसा तिर्नु पर्दैन !



एजेन्सी। संसारमा विचित्रका समाचारहरू सार्वजनिक भइरहेका हुन्छन्। हालै एउटा यस्तै पत्याउन मुस्किल लाग्ने समाचार सार्वजनिक भएको छ।

जहाँ जग्गा जमिन खरिद गर्दा पैसा लाग्दैन उल्टै सरकारबाट पुरस्कार पाइन्छ। त्यसो त मानिसहरू घरजग्गा किन्न कराेडौं रुपैयाँ खर्च गर्छन्। तर, इटालीको एउटा सहर छ जहाँ घरजग्गा किन्दा पैसा तिर्नु पर्दैन। उल्टै सरकारले नै पुरस्कार स्वरूप पैसा दिन्छ।

इटालीको केन्डेला सहरका मेयरले घरजग्गा किन्दा ग्राहकले पैसा तिर्नुको साटो उल्टै सरकारले नै पुरस्कार स्वरूप पैसा दिने घोषणा गरेका हुन्। यो सहरमा बस्नका लागि घर खरिद गर्ने जो कोहीलाई सरकारले सित्तैमा घर उपलब्ध गराउने मात्र होइन, उल्टै २ हजार युरो पुरस्कार समेत दिन्छ।

यस्तो अफर केवल इटालियनका लागि मात्र होइन विदेशीहरूले समेत त्यहाँ घर किन्न पाउनेछन्। जागिर र राम्रो जीवनको खोजीमा बसाइसराइ गर्दै सहर बासीहरू बाहिर जाने क्रम बढेर सहर रित्तिन थाले पछि स्थानीय सरकारले यस्तो अफर ल्याएको हो।

गाउँमा अहिले केवल वृद्धहरू मात्र रहेकाले उनीहरूको मृत्युपछि सहर नै खाली हुने अवस्था आएको छ। सिएन एनका अनुसार सन् १९९० को दशकसम्म त्यहाँको जनसङ्ख्या ८ हजार रहेकोमा अहिले घटेर २७ सयमा झरेको छ।

यो अवस्थाबाट चिन्तित मेयर गाउँमा युवा परिवारहरू आएर घरजम गरुन् र जनसङ्ख्या बढोस् भन्ने चाहन्छन्। सित्तैमा पुरस्कार सहित घर किनेर यहाँ आएर बस्ने व्यक्तिले सहरमै व्यवसाय तथा रोजगारी दिनुपर्नेछ र, व्यवसायका लागि सरकारले सहयोग समेत गर्नेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्