कोरोना स ङ्क्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि हा तपात



नेपालगन्ज। कोरोना स ङ्क्रमितको मृत्यु भएपछि उपचारमा ला परबाही गरेको भन्दै नेपालगन्जस्थित भेरी अस्पतालमा आफन्तले स्वास्थ्यकर्मीमाथि हा तपात गरेका छन्। जेठ ४ देखि उपचाररत दाङका ५३ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा बिहीबार राति ८ बजेतिर मृत्यु भएको थियो। उनको मृत्युपछि आ क्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आ क्रमण गर्नुका साथै अस्पतालको आइसियु कक्षमा तो डफोड गरेको प्र हरीले जनाएको छ।

घ टनामा चार नर्सिङ स्टाफ र एक जना चिकित्सक घा इते भएका छन्। ड्युटीमा खटिएका बेला आफूमाथि हा तपात सुरु भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको नर्सिङ अधिकृत शिला शर्माले बताइन्। ‘बिरामीलाई बचाउन हर सम्भव प्रयास गरेका हौँ। आफ्नै ज्यान बचाउन शौ के र बस्नुपर्ने घ टना भयो,’ उनले भनिन्।

परिवारलाई जानकारीबिना भेन्टिलेटरमा राखेर उपचार गराउँदा मृत्यु भएको भन्दै रावतका आफन्तले  स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए। स्वास्थ्यकर्मीहरूलाई लखेट्दै हातपात गर्न थालेपछि अस्पतालमा हल्लीखल्ली भएको थियो। आइसियुमै छिरेर जाइलागेपछि चिकित्सकहरूले केही बेर काम बन्द गरेका थिए। स्थिति तनावपूर्ण भएपछि अस्पतालमा प्रहरीले सुरक्षा दिएको थियो।

घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको बाँकेका एसपी ओमबहादुर रानाले बताए। घटना लगत्तै अस्पताल पुगेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अस्पताल प्रशासन, अस्पताल विकास समिति प्रतिनिधिले छलफल गरेर दोषीलाई कारबाही गर्ने र अस्पतालमा भयरहित वातावरण बनाउने विषयमा परामर्श गरेका थिए। कान्तिपुर दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्