चर्चित हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना



जेठ २०, काठमाडौँ । चर्चित हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना भएका छन् । गत राती मोबाइल चार्ज गर्न खोज्दा मोबाइलको पावर बैङ्क पड्किएर घाइते भएका उनलाई उपचारका लागि राती नै स्टार अस्पताल भर्ना गरिएको हो । त्रिपाठीको अहिले अस्पतालको इमर्जेन्सी वाडमा उपचार भइरहेको छ ।

त्रिपाठीले अहिले आफ्नो अवस्था एकदमै ठिक रहेको बताए । ‘डाक्टरले केही क्षणमा डिस्चार्ज गर्ने भन्नुभएको छ’ त्रिपाठीले थपे ‘घरमा भने एक साता आराम गर्नु सुझाउनु भएको छ ।’ पछिल्लो समय ‘कुरी कुरी’ सिरियामा अभिनयरत त्रिपाठी नेपाली जादुगरको रूपमा समेत चर्चित छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्