आज फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?



जेठ २५, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि  बढेको  छ । गत सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार १०० रुपैयाँमा पुगेको हो । 

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको छ । तर, यता चाँदीको मूल्य भने गत मंगलबारको मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्