जासुसको आरोपमा मृत्युदण्डको सजाय सुनाइएका भारतीयलाई पाकिस्तानले माफि दिँदै



इस्लामावाद । पाकिस्तानको जेलमा बन्द रहेका भारतीय नागरिक कुलभूषण जाधवले चाँडै मृत्युदण्डको सजायविरुद्ध अपिल गर्न पाउने भएका छन् । ४ वर्षअघि जासुसी गरेको आरोपमा पाकिस्तानको सैनिक अदालतले जाधवलाई यस्तो सजाय सुनाएको थियो ।

पाकिस्तानको संसदले बिहीबार ‘इन्टरनेशनल कोर्ट अफ जस्टिस रिभ्यु एण्ड री–कन्सिडरेशन ओर्डिनेन्स २०२०’ लाई मन्जुरी दिएको छ । सैनिक अदालतबाट सजाय पाएका विदेशी कैदी न्यायका माग्दै सर्वोच्च अदालतसम्म अपिलका लागि जानसक्ने यसमा उल्लेख छ ।

कानुनमन्त्री फरोग नसिमले बिहीबार संसदमा पेश गरेको यो विधेयक अब सिनेटबाट पास हुनेछ, त्यसपछि राष्ट्रपतिले हस्ताक्षर गर्नासाथ यो कानून बन्नेछ । अहिलेसम्म पाकिस्तानको जेलमा बन्द विदेशी कैदीहरुले सैनिक अदालतले सुनाएको फैसला विरुद्ध माथिल्लो अदालतमा अपिल गर्न पाउँदैन थिए ।

पछिल्लो समय इन्टरनेशनल कोर्ट अफ जस्टिसले जाधवका विषयमा सुनुवाई गर्दै पाकिस्तानलाई यस विषयमा सुधार ल्याउन निर्देशन दिएको थियो । अन्य देशका नागरिकलाई पनि न्याय मिलोस् भन्नका लागि यस्तो गरिएको इन्टरनेशनल कोर्ट अफ जस्टिसले जनाएको थियो ।

पाकिस्तानले जाधवलाई ‘रअ’को एजेन्ट भन्दै गिरफ्तार गरेको हो । बलुचिस्तानबाट २०१६ मा उनी गिरफ्तार भएका थिए । भारतले भने उनी जलसेनाका अवकाशप्राप्त अफिसर रहेको र व्यक्तिगत कामका सिलसिलामा इरान गएको दाबी गर्दै आएको छ । पाकिस्तानले २०१७ मा जाधवलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

भारतले इन्टरनेशनल कोर्ट अफ जस्टिसमा यसविरुद्ध मुद्धा हालेपछि यो सजाय कार्यान्वयन हुन पाएन । कूलभूषणको रिहाइका लागि भारतले कुटनीतिक रुपले पाकिस्तानसँग संवाद अघि बढाएपनि सफलता हासिल भएको थिएन । पाकिस्तान र भातका बीचमा धेरै पहिलेदेखि नै तनाब छ ।

खासगरी काश्मीर क्षेत्रमा यी दुईदेशका बीचमा विवाद रहँदै आएको छ । धेरै पटक उनीहरुका बीचमा सिमा विवादका कारण लडाइँ पनि भएको छ । पाकिस्तानका हालका इमरान खान राष्ट्रपति भएदेखि त्यहाँको राज्य व्यवस्था सञ्चालनमा व्यापक सुधार आएको बताइन्छ ।

खानले भ्रष्टाचार र फजुल खर्च गर्ने परम्परालाई भत्काएर भ्रष्टाचारमुक्त र सरल तरिकाले राज्य सञ्चालन गरिरहेको बताइन्छ । यस हिसाबले खानको सरकारले भारतीय जासुसको आरोपलागे ती व्यक्तिलाई माफी दिनसक्ने अनुमान गर्न सकिन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्