देशका ७५ जिल्लामा जारी निषेधाज्ञाको मोडालिटी असार १ देखि हेरफेर गर्ने सरकारको तयारी



काठमाडौँ । देशका ७५ जिल्लामा जारी निषेधाज्ञाको मोडालिटी असार १ देखि हेरफेर गर्ने सरकारको तयारी छ । मोडालिटी हेरफेर भएपनि तत्काल सवारीसाधन नचल्ने गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताएका छन् ।

सवारीसाधनलाई भने तत्काल खुला नगरिने प्रवक्ता दाहालले बताए । अहिलेको समय कृषि र खेतीपातीको समय भएकोले त्यसैलाई मध्यनजर राखी निषेधाज्ञाको मोडालिटी बनाइने प्रवक्ता दाहालको भनाइ छ ।

सवारीसाधन सञ्चालन गर्दा झनै सङ्क्रमण बढ्ने भएकाले अहिले सवारीसाधन सञ्चालन गर्ने कुनै तयारी नभएको उनले बताए।आर्थिक गतिविधि सञ्चालन गर्न सहजीकरण गर्ने भन्ने कुरा आइरहँदा प्रवक्ता दाहालले सहर बजारमा व्यापार–व्यवसाय पनि अहिले नै सञ्चालन नहुने बताए ।

निषेधाज्ञा जारी भएकाले सङ्ख्यात्मक हिसाबले थोरै कोरोना सङ्क्रमण घटे पनि उल्लेख्य घटिसकेको छैन । जनस्वास्थ्य विज्ञले असारमा झन् बढी कोरोना सङ्क्रमण फैलिने अनुमान गरेकाले निषेधाज्ञा हटाइहाल्ने अवस्था नरहेको प्रवक्ता दाहालको भनाइ छ ।अघिल्लो वर्षको जस्तो पूर्ण लकडाउन नभएकोले जनजीवन पूर्णपुरमा प्रभावित भएको अवस्था नभएको उनको दाबी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्