शिवराज साझेदारी वनले डेढ लाख बिरुवा वितरण गर्ने लक्ष्य



कपिलवस्तु , जेठ ३० जिल्लाको शिवराज साझेदारी बन व्यवस्थापन समितिले यस वर्ष डेढ लाख बिरुवा वितरण गर्ने लक्ष्य राखेको छ । जिल्लाको ४ साझेदारी बन व्यवस्थापन समिति मध्ये शिवराज साझेदारी बन व्यवस्थापन समितिले आर्थिक वर्ष ०७७/०७८ मा लगभग एक लाख बिस हजार टिक(सागवन) र तीस हजार मसलाका बिरुवा उपभोक्तालाई उपलब्ध गराउने साझेदारीका अध्यक्ष जगदम्बा प्रसाद चौधरिले बत्ताउनुभयो ।

उनले आज बन कर्मचारी र संचार कर्मीसंगकाे अन्तर्क्रियामा भारतीय सीमासँग सटेको यो साझेदारीमार्फत बन पैदावार पढाउने र जङ्गलको दायरा फराकिलो बनाइ उपभोक्ताको बनमा पहुँच गर्ने मेरो लक्ष्य रहेको बत्ताउनुभयो । शिवराज साझेदारी बन व्यवस्थापन समिति जिल्लाकै नयाँ समिति भए तापनि बन क्षेत्रफल बढाउन र निजी बन व्यवस्थापनमा हामी सफल भएको सहायक वन अधिकृत प्रेम शंकर गुप्ताले जानकारी दिनुभयो।

थोरै समयमा करिब १२ हजार क्विब फिट काठ सङ्कलन गरेका छौँ , काठ बिक्री वितरण खुला गरिएको समाचार आएको छ तर अनधिकारिक जानकारी नआएकाले काठ वितरण गर्न नसकेको अधिकृत गुप्ताले बत्ताउनुभयो । शिवराज साझेदारीले नर्सरी ब्याड बनाई प्रत्येक वर्ष निःशुल्क बिरुवा उपलब्ध गराउँदै आएको छ भने यस बर्ष पनि असार ७ गतेदेखि वितरण गरिने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्