आँचलले निशा घिमिरेलाई एक लाख सहयोग गर्ने



काठमाडौँ, ३१ जेठ । जीवन र मृत्युसँग जुधिरहेकी मोडेल तथा अभिनेत्री निशा घिमिरेलाई सहयोग जुट्ने क्रम बढ्दै गइरहेको छ । हाल उनको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।

अभिनेत्री निशा घिमिरेलाई अभिनेत्री आँचल शर्माले एक लाख सहयोग गर्ने भएकी छन् । आइतबार निशालाई भेट्न अस्पताल पुगेकी अभिनेत्री आँचलले एक लाख सहयोग गर्ने बताएकी हुन् ।

आँचलले आगामी शनिवार उनका पितालाई भेटेर सहयोग रकम हस्तान्तरण गर्न लागेकी हुन् । स्वास्थ्यमा सुधार हुँदै गएका कारण निशा चाँडै निको हुनेमा आफू विश्वस्त रहेको आँचलको भनाइ छ ।

हिजो मात्रै चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले पनि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । निशा अस्पताल भर्ना भएपछि अभिनेत्री करिश्मा मानन्धर, रेजिना उप्रेती, उषा पौडेललगायतले पनि आर्थिक सहयोग गरिसकेका छन् । 

तीन वर्ष अगाडि अभिनयमा डिप्लोमा गर्न भारत जाने क्रममा सवारी दुर्घटनामा परी ब्रेन इञ्जुरी भएकी निशाको गत बिहीबार देखी नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्धार गरेर निःशुल्क उपचार सुरु गरेकी हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्