खुशी जनता



विष्णु घर्ती ‘भनभनेली’¸

जनता जनार्दन हुन्
जनता न्यामूर्ति पनि हुन्
जनताको फैसला सबैलाई मान्य छ
जनताको हौसला अझ उत्साही बन्छ
जनताका चाहना धेरै हुँदैनन्
खान¸ बस्न¸ लाउन
र¸ थोरै रमाउँन पाए पुग्छ
जनइच्छा बुझ्ने थोरै छन्
कुरा गर्नेहरू भने अधिक देखिन्छन्
जनता रमाउँने राँगको खोजीनीति गर्नु छ
जनतालाई जान्नु र मान्नु पर्छ
जनतालाई तान्नु बेकार प्रायः छ
तानेर खुशी कदापी हुँदैनन्
मानेरै खुशी हुनेछन्
खुशी जनता आफैले लिने हो
उनैले अनुभूति गर्ने हो
त्यही माहोलले जनता बल्ल खुशी बन्नेछन्
क्षणिक खुशीको अर्थै छैन
जीवन्त खुशीको विजारोपण जरुरी छ
जनताले गरेका कामको दाम छैन
त्यसैले खास जनता खुशी छैन
खुशीको जग नथाप्नेको कुनै काम देखिदैन
विश्व प्रसिद्द लुम्बिनी हाम्रै शान हो
जहाँ सिद्दार्थ गौतम बुद्द जन्मिए
दरबारमा रमाएनन्
घरबार पनि त्यागे
खुशी के मा छ भनी खोज्दै परदेशिए
तपस्या बलले खुशी प्राप्त गरे
खुशी सबै लोकमा बाड्दै हिडे
त्यही खुशी अहिलेसम्म जीवन्त छ
जनता आफै खुशी हुन नसक्लान् !
स्वदेशले घरदेश छाडेकालाई फर्काउँनु छ
परदेशको परनिर्भरता परै राख्नु पर्छ
आत्मनिर्भरतालाई आत्मसात गराउँनु छ
आत्मसम्मान वृद्दि गर्नु छ
खुशी भएका जनताको वृद्दि नै समृद्दि हो
बुद्दका अनुयायी बन्दै आयौँ
खुशीका सारथी बनौँ
खुशीमै सबथोक छ
र¸
जगत र जनता पनि ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्