आजदेखि सरकारले नयाँ शैक्षिक सत्र सुरु



काठमाडौँ। आजदेखि सरकारले नयाँ शैक्षिक सत्र सुरु गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि शैक्षिक सत्र सुरु गरे पनि पढाइ भने तत्काल नहुने जनाएको छ। कोरोना महामारी कायम रहेकाले भौतिक रूपमा विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाइ गर्न अझै केही समय लाग्ने भएको छ।

त्यस्तै असार १५ सम्म विद्यार्थीका हात हातमा पाठ्यपुस्तक वितरण गरिसक्ने मन्त्रालयले जनाएको छ। शैक्षिक सत्रसँगै भर्ना अभियान सुरु भएको छ। पठनपाठन भने भर्चुअल माध्यमबाट हुने मन्त्रालयले बताएको छ।

साधारणता वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो। कोरोना महामारीले गर्दा असार १ देखि शैक्षिक सत्र सुरु गरिएको हो। मन्त्रालयले गत जेठ २३ मै विज्ञप्ति निकालेर असार १ देखि नयाँ शैक्षिक सत्र सुरु हुने उल्लेख गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्