अमेरिकामा नेपालबाट कुकुर लैजान प्रतिबन्ध



अमेरिकाले सोमबारदेखि नेपालबाट कुकुर लैजानमा प्रतिबन्ध लगाएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले नेपालबाट अमेरिकामा कुकुरको आयात खारेज गरेको जनाएको छ ।

कुकुर लैजानमा रोक लगाइएकाहरूमा नेपालसहित एक सय देशहरू रहेका छन् । ती देशहरूमा कुकुरहरूमाझ अझै पनि रेबिज फैलिरहेको जनाउँदै कुकुर लैजान रोक लगाइएको छ । यो निर्णयबाट कुकरको उद्धार मिसनहरू प्रभावित हुने जनाइएको छ ।

महामारीका कारण सुरक्षित तरिकाले कुकुरहरूको सुरक्षित क्वारेन्टीन केन्द्रहरूको अभावका साथै अमेरिकामा तीन वटा सङ्क्रमित कुकुरहरू भित्रिएको घटना लगत्तै सीसीडीले यो निर्णय गरेको हो । अमेरिकामा नयाँ ल्याउने कुकुरहरु मात्र होइन, अमेरिकाबाटै ती देशहरूमा यात्रा क्रममा लगिएका कुकुरहरू पनि फिर्ता ल्याउनमा रोक लगाइएको छ ।

यसबारे थप विवरण र सबै देशको सुची यहाँ पढ्नुहोला ।

रेबिजविरुद्ध सार्वजनिक स्वास्थ्यको संरक्षण र अमेरिकामा कुकुरहरूको स्वास्थ्य तथा सुरक्षाको सुनिश्चितताका लागि यो निर्णय गरिएको सीडीसीले जनाएको छ । यो प्रतिबन्ध अस्थायी रहेको र बेलाबेलामा पुनरावलोकन गरिने सीडीसीको भनाई छ । खसाेखासबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्