अमेरिकाकाे विभिन्न ८ राज्यहरूमा सङ्घीय बेरोजगारी सुविधा कार्यक्रम अन्त्य गर्दै



अमेरिकाका विभिन्न ८ राज्यहरूले शनिवार देखी सङ्घीय बेरोजगारी सुविधा कार्यक्रम अन्त्य गर्ने भएका छन् । अलाबामा, आइदायो, इन्डियाना, नेब्रास्का, न्यु ह्याम्पशायर, नर्थ डाकोटा, वेष्ट भर्जिनिया र वायोमिङले कोरोना महामारीका कारण प्रदान गरिएको बेरोजगारी सुविधा कार्यक्रम अन्त्य गर्न लागेका हुन् ।

लेबर डिपार्टमेन्टको तथ्यांक अनुशार शनिवार देखी यी राज्यका झण्डै ४ लाख १७ हजारले बेरोजगारी विमाका अन्य सुविधाका साथै सङ्घीय सरकारबाट प्रदान गरिदै आएको साप्ताहिक ३ सयको सुविधा समेत गुमाउने भएका छन् । इन्डियानाबासीहरुले सङ्घीय बेरोजगारी सुविधा नियमित हुनुपर्ने माग गर्दै त्यहाँका गभर्नरबिरुद्ध मुद्दा समेत दायर गरेका छन् ।

अमेरिकामा २५ वटा राज्यहले सेप्टेम्बर ६ अगाडि नै सङ्घीय बेरोजगारी सुविधाको अन्त्य गर्नेछन् । बेरोजगारी विमाका अतिरिक्त सङ्घीय बेरोजगारी सुविधा सेप्टेम्बर ६ मा सकिने भएतापनि रिपब्लिकन राज्यहरूले त्यसभन्दा अगाडि नै उक्त सुविधा अन्त्य गर्ने भएका हुन् । जसका कारण झण्डै ४० लाख सुविधा लिनेहरु प्रभावित हुने भएका छन् ।

४ वटा राज्यहरु अलास्का, आयोवा, मिसिसिपी र मिजौरीले गत शनिवार देखी नै सङ्घीय बेरोजगारी सुविधा कार्यक्रम अन्त्य गरिसकेका छन् । जसबाट झण्डै २ लाख ९१ ह्जार व्यक्ति प्रभावित भएका थिए । अलास्काले सङ्घीय बेरोजगारी विमा सुविधामात्र अन्त्य गरेको हो, राज्यको सुविधा भने कायम रहनेछ । बाँकी १३ राज्यहरूले जुलाईको मध्यसम्ममा सङ्घीय बेरोजगारी सुविधाको अन्त्य गर्दैछन् । खसाेखासबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्