थप २७६८ जनामा संक्रमण पुष्टि, ४०२० संक्रमणमुक्त



काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ०३७ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ५६९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९६३ जना र ५ हजार ४६८ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार २० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ३७ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३३ लाख ८९ हजार २०६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ४४ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ६४१ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्