टाउको दुखाईको समस्याबाट तुरुन्त राहत पाउन अपनाउनुहोस् यी उपाय



टाउको दुखाइबाट धेरै जना पीडित हुने गर्छन् । चिन्ता, कामको चाप तथा विभिन्न बाह्य कारणले टाउको दुखाई हुने गर्छ । जसले हाम्रो दैनिक जीवनयापनमा नराम्रो असर पारिहरेको हुन्छ । टाउको शरीरको संवेदनशील अङ्ग हो । त्यसैले टाउको दुखाइलाई सामान्य रूपमा लिन नहुने डाक्टरहरु बताउँछन् ।

सामान्यतया मानिसहरू टाउको दुख्ने बित्तिकै ‘पेन किलर’ खाने गर्छन् । सामान्य दुखाईमा नै एन्टिवायोटिकको प्रयोग गर्दा यसको ‘साइड इफेक्ट’ हुने र यसले बिस्तारै गम्भीर असर देखाउने गर्छ । त्यसैले टाउको दुखाइबाट घरमै आराम पाउन हामी सामान्य उपचार गर्न सक्छौ जसले केही क्षणमा नै राहत प्रदान गर्छ ।

तेलले मसाज गर्नुस् : यदि तपाईँलाई बारम्बार टाउको दुखिरहन्छ भने तपाईँले तेलले मसाज गर्न सक्नुहुन्छ । कपालको जरामा तेल लगाएर हल्का मसाज गर्ने गर्दा बारम्बार हुने टाउको दुखाईको समस्याबाट छुटकारा मिल्छ । यसका साथै नरिवल र बदामको तेल मिसाएर मालिस गर्दा पनि फाइदा मिल्छ । पिपरमेन्ट र युकेलिप्टसको तेल पनि टाउको दुखाईको लागि राम्रो औषधिको रूपमा लिइन्छ ।

गाईको दूध : टाउको दुख्ने समस्या दोहोरिरहन्छ र औषधिले पनि काम गरिरहेको छैन भने हरेक दिन गाईको मन तातो दूध पिउने गर्नुस् तपाईँको टाउकोको समस्या बिस्तारै कम हुँदै जान्छ । त्यस्तै ल्वाङमा नुन मिसाएर चूर्ण बनाउने र टाउको दुखेको समयमा उक्त चूर्ण र गाईको काँचो दूध टाउको मा लगाउँदा पनि टाउको दु’खाई तुरुन्तै कम हुन्छ ।

पानी : हल्का टाउको दुख्दा एक गिलास पानी पिउन सकिन्छ । आधा गिलास तातो पानीमा कागतीको रस हालेर पिउँदा टाउको दुख्न कम हुँदै जान्छ ।

धनियाँ र चिनी : ज्वरो वा रुघाखोकीको कारण टाउको दुखेको हो भने धनियाँको पाउडर र चिनी मिसाएर झोल पिउँदा आराम मिल्छ ।

कफि : कफिमा पाइने क्याफिनले दुखाई कम गराउँछ । जसले पेन किलरको काम पनि गर्छ । यसको प्रयोग माइग्रेन र टाउको दुख्ने रो’गका विरामीको लागि फाइदाजनक मानिन्छ ।

अदुवाको चिया : अदुवा हालेर बनाएको चिया पिउँदा पनि टाउको दुखाई कम हुने गर्छ । अदुवामा एन्टी–इन्फ्लेमेटरी भन्ने तत्व हुने भएकाले त्यसले दुखाइलाई कम गराउन मद्दत गर्छ । यसले तनाव, माइग्रेन जस्ता समस्यालाई भगाउन सहयोग गर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्