पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, अक्सिजन ‘सपोर्ट’ हटाइयो



काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार खनालको ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ। स्वास्थ्यमा सुधार आएसँगै खनाललाई अहिले अक्सिजन सर्पोट निकालेर उपचार थालिएको छ । पूर्व प्रधानमन्त्री खनालसँग आफूले प्रत्यक्ष भिडियो कुराकानी गरेको उनले जानकारी दिए । साथै उनले खनालको स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्