दक्षिणकालीमा भेटिएको श’व पहिचान,चराको आवाज निकाल्दै भाइरल महिला भएको पुष्टि



काठमाडौँको दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ क्षेत्रमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको श’व रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

मङ्गलवार दिउँसो करिब ३ बजेतिर श’व भेटिएपछि महानगरीय अ’पराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले घ’टनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । ट्वाइलेटभित्र अर्धनग्न अवस्थामा उनको श’व फेला परेको थियो ।

महानगरीय अ’पराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले उक्त श’व पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको पत्ता लागेको जानकारी दिए ।

सन्तोषी विभिन्न चराको आवाज निकाल्न सक्थिन् । उनले ६५ भन्दा बढी चराको आवाज निकाल्थिन् । महिलाको श’व नचिनिने अवस्थामा थियो। अनुहारमा केहीले प्रहार गरेको जस्तो देखिएको थियो ।

श’व पुरानो ट्वाइलेटमा आधार शरीर भित्र र आधा बाहिर भएको अवस्थामा फेला पारेको हो । खुट्टापट्टिको भाग बाहिर निस्किएर दाहिने कोल्टो अवस्थामा फेला परेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए ।

प्रहरीले मृतकले प्रयोग गर्दै आएको मोबाइल नम्बर समेत पत्ता लगाइसकेको छ। प्रहरीका अनुसार श’व टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्