२४ घण्टामा २ हजार ४२१ संक्रमित थपिए, ८१ काे मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४१४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ४६१ आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ११ जना र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । साथै, पछिल्लो २४ घण्टामा ८१ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्