युट्युबमा भाइरल बनेकी सुब्बाको हत्या अभियोगमा एक युवक प’क्राउ



काठमाडौँ । सन्तोषी सुब्बा ह’त्या अभियोगमा प्रहरीले एक युवकलाई प’क्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय युवक सुरेश तिमल्सिना रहेको प्रहरीले जनाएको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक स्थायी ठेगाना तिमल्सिनालाई प’क्राउ गरिएको हो । उनलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

उनी दक्षिणकालीस्थित वर्कसपमा कार्यरत रहेको प्रहरीको भनाइ छ ।  प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ । प्रहरी स्रोतका अनुसार ती युवकले सुरुमा सन्तोषीलाई ब’लात्कार प्रयास गरेका थिए । तर सन्तोषीले प्रतिकार गरेपछि घाँटी थिचेर ह’त्या गरेको र अनुहार चिन्न नसकियोस भनेर अनहारभरि प्रहार गरेको बयानमा युवकले स्वीकार गरेका छन् ।

पशुपन्छीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सुब्बाको रहेको बुधवार प्रहरीले पुष्टि गरेको थियो ।  प्रहरीले मङ्गलवार दक्षिणकालीको शौचालयबाट महिलाको श’व बरामद गरेको थियो ।

काठमाडौँको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगको शौचालयमा हत्या गरेर फालिएको अवस्थामा सन्तोषीको श’व मङ्गलवार भेटिएको तियो । प्रहरीका अनुसार टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको अवस्थामा शव फेला परेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्