पाँच महिनापछि आजबाट खुल्यो त्रिभुवन विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान



काठमाडौँ ।  विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुसार आज नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान भर्ने छ ।

नेपाल नागरिक उड्डयन प्राधिककरणका अनुसार टर्किस, कतार, नेपाल एयर लायन्स र एयर इण्डियाले नेपालबाट प्रत्येक हप्ता एक/एक उडान भर्नेछन् ।
प्राधिकरणले जारी गरेको उडान तालिका अनुसार एक महिनादेखि अवरुद्ध अन्तर्राष्ट्रिय उडान बिहीबार बिहानबाट सुचारु हुँदै छ । तालिका अनुसार, अब साप्ताहिक रूपमा प्रत्येक बिहीबार टर्किस एयरलाइन्सले स्टानबुल–काठमाडौँ–स्टानबुल उडान भर्ने छ ।

त्यस्तै, नेपाल एयरलाइन्सले प्रत्येक सोमबार काठमाडौँ–दोहा–काठमाडौँ उडान भर्ने छ भने कतार एयरवेजले पनि प्रत्येक सोमबार दोहा–काठमाडौँ–दोहा उडान भर्ने छ ।

यस्तै असार १७ गतेदेखि नियमित आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै बुधवार नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै यही असार १७ गतेदेखि नियमित आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीद्वारा जारी सूचनामा १ जुलाई अर्थात् १७ असारबाट आन्तरिकतर्फका नियमित हुने उल्लेख छ । असार १७ गतेबाट कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न तथा अन्तर्राष्ट्रिय उडानको सन्दर्भमा तपसिलको तालिका बमोजिम उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्