थप २४७४ जनामा सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २३२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २३५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा २५ सय १८ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ५ लाख ७० हजार ९५८ पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २४ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ९१८ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्