राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको जानकारी दिइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्