खप्तड छान्ना राईजिङ अप लामाताेलाले स्वास्थ्य सामाग्री हस्तान्तरण



उत्तम कुमार थापा बझाङ जिल्लाको खप्तड छान्नामा रहेको खप्तड छान्ना राईजिङ अप लामाताेलाले स्वास्थ्य सामाग्री वितरण गरेको छ । आज एक कार्यक्रमका बिच जिल्लाका १२ वटा स्थानीय तहहरूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । जिल्लामा रहेको जनस्वास्थ्य कार्यालयको परिसरमा राईजिङ अप लामाताेलाका अध्यक्ष दिनेश थापाको नेतृत्वमा हस्तान्तरण गरिएको ढुण्डिराज थापाले बताए ।

कोभिड १९ को समयलाई मध्यनजर गर्दै ,विश्वभरिका बझाङी एक जुट हौँ ,कोभिड १९ बाट बझाङ बचाउ भन्ने मूल नाराका साथ विश्वभरि छरिएका बझाङ बासी तथा नेपालका विभिन्न जिल्लाहरूका विदेश तथा साेदेशमा बस्नेहरूको आर्थिक सहयोगमा पिपिई सेट,अक्सिमिटर थर्मलगन माक्र्सहरु सेनिटाईजर ग्लप्स लगाएत विभिन्न स्वास्थ्य सामाग्री स्थानीय तहका स्वास्थ्य शाखाका प्रतिनिधिहरुलाई अाैषधिहरु वितरण गरिएको बिजय थापाले बताए ।

अहिलेकाे परिस्थिति लाई नियाल्दै , यस सँस्थाले अमेरिकका रहनुभएका विष्णुप्रशाद जाेशी र रमेश थापा जापानमा रहेर अभियानलाई सफल पारिएको स्राेतकाे भनाइ छ । पहिलाे पटक समाज रुपान्तरण दिगाे शान्तिमा अग्रसरता देखाउदै अाएकाे सँस्थाले अागामी दिनमा अझै विभिन्न कार्यालयहरु गर्ने अध्यक्ष दिनेश थापाको भनाइ छ ।

विभिन्न देश विदेश बाट उठेको करिव ५ लाख वरावरकाे सामाग्री हस्तान्तरण गरिएको हो भने जम्मा ८ लाख उठाएकाे अब ३ लाख वाकि रहेको हुदा जता विपद परेकाे छ र गरिव विपन्न परिवारलाई सहयाेग गर्ने जनाएको छ । अाजकाे हस्तान्तरण कार्यक्रममा मदन राज उपाध्याय अध्यक्ष दिनेश थापा सचिव अर्जुन गिरी,सल्लाहकारमा ढुण्डिराज थापा स्थानीय मीन बहादुर खड्काले सहयाेग गर्नुभएको थियाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्