तेह्रथुमको फेदाप गाउँपालिकाले ३८ करोड ५० लाख माथि बजेट पारित

कोरोना नियन्त्रण देखि वतावरण संरक्षण सम्म


इन्द्र नेपाली,तेह्रथुम

१०असार०७८,फेदाप,तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र  सिम्लेको औँसी बजारमा सम्पन्न गाउँ सभाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३८ करोड ३६ लाख १५ हजार ७ सय १० बराबरको रुपैयाँको बजेट पारित गरेको छ । गाउँपालिका अध्यक्ष हरि प्रसाद चोङबाङ्गको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष गीतादेवी थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट पारित भएको हो ।

कोरोना नियन्त्रण, विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा, पर्यटन, भौतिक पूर्वाधार, फुसको छानो मुक्त गाउँपालिका घोषणा कार्यक्रम,युवा रोजगार,लघु उद्यम,युवा तथा खेलकुद, कृषि, खानेपानी तथा सिँचाइ, शिक्षा, वन तथा वातावरण संरक्षणका क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएको अध्यक्ष चोङवाङ्गले  बताउनु भएको छ।

५ वटा वडाका बस्तीलाई  प्राथमिकताका आधारमा छनौट गरी  योजना विनियोजन गरिएको गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा फेदाप गाउँपालिकाका प्रवक्ता नवीन चन्द्र चोङवाङ्गले बताउनु भएको छ।

गाउँपालिकाले विद्यालय कर्मचारी र बाल शिक्षा सहजकर्तालाई मासिक न्यूनतम  १५ हजार रुपैयाँ तलबको व्यवस्था गर्ने जनाएको छ।सभाले आर्थिक र विनियोजन विधेयक पनि पारित गरेको छ।

चालू आर्थिक वर्षमा  कोरोनाको दोस्रो लहरको महामारीको जोखिम एवं निषेधाज्ञाका कारण काम गर्न समस्या भएको गाउँपालिका प्रशासकीय अधिकृत भक्त बहादुर भट्टराईले  बताउनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्