कृष्णनगर नगरपालिकाले मनायो १८ औँ राष्ट्रिय धान दिवस 



अजय मिश्र
अषाढ १५, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले एक कार्यक्रम गरी १८ औँ राष्ट्रिय धान दिवस मनाएको छ ।

कृष्णनगर नगरपालिका कृषि शाखाको  आयोजना तथा श्री गणेश बहुउद्देश्यीय कृषक समूहको सहयोगमा धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्म निर्भरता र समृद्धि नाराका साथ १८ औँ धान दिवस तथा रोपाई महोत्सव मनाएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कार्यक्रमको उद्घाटन गर्नुभयो  । प्मुख अतिथि, कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की,कृष्णनगर नगरपालिकामा कृषि शाखा प्रमुख चन्द्र राम चौधरी,

वडाध्यक्षहरू , कर्मचारी, किसान लगायतको उपस्थितमा खेतमा रोपाई गरिएको छ । रोपाई पश्चात् दही च्यूरा खाएर धान दिवस मनाएको छ। कार्यक्रम सञ्चालन कृषि शाखा कृष्णनगरका अधिकृत सुदिप कुमार मोर्य ले गर्नुभयो ।

प्रत्येक वर्षको असार १५ गते खेतमा काम गरी दही च्यूरा खाएर धान दिवस मनाउने प्रचलन रहेको छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गरेको भनाई रहेको छ । यस बेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास रहेको छ ।असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रूपमा लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्