विश्वक्रिकेट लिग डिभिजन टु क्रिकेट आज देखि नेपाल र नामिविया खेल्दै



सैघाली खबर
काठमाडौं ,२५ माघ

आइसीसीविश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगिता आजबाट अफ्रिकी मुलुक नामिबियामा सुरु हुँदैछ ।प्रतियोगिताको उद्घाटन खेलमाआज नेपालले आयोजक टोलीसँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ ।

प्रतियोगिता खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले प्रतियोगितामा सुखद सुरुवातगर्ने लक्ष्य राखेको छ । नेपाली टोली यसअघि सन् २०१५ मा डिभिजन टू खेल्नकै लागिनामिविया पुगेको थियो ।यसपटक पनि प्रतियोगिताको शीर्ष दुईमा पर्दै एक दिवसीय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा स्थान सुरक्षितगर्ने नेपालको लक्ष्य छ ।

नेपाल सँगै आयोजक नामिविया, युएई र केन्याविश्वक्रिकेट लिग च्याम्पियन सिपको अन्तिमचार स्थानमा रहँदै डिभिजन टु मा घटुवा भएकाहुन् ।त्यसैगरी ओमन र क्यानडा डिभिजन थ्रीको शीर्ष दुई स्थानमा रहँदै डिभिजन टु मा बढुवा भएकाहुन् ।

६ टोलीले भागलिएको यो प्रतियोगितामाशीर्ष दुई स्थानहासिलगर्ने टोलीले अर्को महिना जिम्वावेमाहुने एक दिवसीयविश्वकप छनोट खेल्न पाउनेछ ।नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपालकामी, वसन्त रेग्मी, शक्तिगौचन, करण केसी, ललितसिंह भण्डारी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अनिलकुमार शाह, रोहितकुमार पौडेल र दीलिपनाथ छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्