कविता – बैगुनी नै हो त केटो



कहिले एता कहिले उता बैगुनी केटो।
जता जता हुन्छ फाइदा उतै तिर भेट्यो।।

भए पहिले जाँचमा ॠणात्मक सुन्नेमा फेल।
फेरि पास हुने सोचमा छन् गरेर नै मेल।।

छन् अहिले केटाहरू बिच बाटो मै अलमल।
कहिले यता त कहिले उता नै छ्लफल।।

चिन्ताले पुर्‍याउछ एक दिन पक्कै चितामा।
फाइदा होला कि उधारो वा हाताहाती लिदामा।।

कहिले भन्छन् केटाहरू हामी छौ है यता
कहिले भन्छन् केटाहरू हामी छौ है उता।।

समय खराब आउन सक्छ दोबाटोमा नसुत।
उठ जाग अब त सुनामी आउदैछ कुद।।

कहिले भन्छन् हामी चार त कहिले भन्छ पाँच।
आफ्नो कित्ता प्रष्ट गर बाटोमा औंला नभाच।।

कहिले भन्छौ छौ हामी उधारो तिर कहिले हाताहाती।
वास्तमा कहाँ छौ कति भाइ छौ त साथी?

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्